जनार्दन शर्मा प्रकरण  : प्रहरीको सिलबन्दी फरेन्सिक रिपोर्ट छानबिन समितिमा पुग्यो, मंगलबार सिल तोडिने

नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थमन्त्रालयको सिसिटिभी फुटेज रिकभरसम्बन्धी रिपोर्ट संसदीय विषय समितिलाई बुझाएको छ ।  

करको दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज मगाएर अध्ययन गरेको थियो । 

अध्ययनका क्रममा जेठ १४ गते रातिको सिसिटिभी फुटेज नभेटिएको भनी समितिले अर्थ मन्त्रालयसँग सोध्यो । अर्थ मन्त्रालयले सिस्टमअनुसार रहेको सिसिटिभी फुटेज पठाएको जवाफ दिएपछि छानबिन समितिले जेठ १४ गतेको डिलिट भएको भनी रिकभर गर्न सिस्टम नै नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पठाएको थियो । 

छानबिन समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले सोमबार समितिलाई रिपोर्ट बुझाएको छ । तर, रिपोर्टमा के छ भनेर हेर्न मंगलबार बिहान साढे ८ बजेसम्म कुर्नुपर्ने उनले बताए ।

 ‘प्रहरीको सिलबन्दी फरेन्सिक रिपोर्ट आइपुगेको छ । मंगलबार बिहान बस्ने बैठकमा समिति सदस्यहरूले सिलबन्दी तोडेर अध्ययन गर्नुहुनेछ,’ सचिव अर्यालले भने । 

सिलबन्दी रिपोर्टमा लिखित मात्रै छ कि सिसिटिभी फुटेज नै छ भन्नेबारे केही भन्न नसकिने बताइएको छ ।





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार २१:२०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया