स्थानीय तह निर्वाचन : कुन पार्टीले कति सिट जिते, कति मत पाए ?
कुल खर्च अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ, प्रतिमतदाता ४९३ रुपैयाँ

निर्वाचन आयोग, नेपालले गत स्थानीय तहको निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ खर्च भएको जनाएको छ । मंगलबार आयोगले निर्वाचन परिणाम तथा खर्च सार्वजनिक गरेको हो । 

पत्रकार सम्मेलन गर्दै आयोगले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको खर्चबारे जानकारी गराएको हो । आयोगले खर्च नभएको ३ अर्ब ६ करोड ९६ हजार करोड १२४ रुपैयाँ खर्चका लागि सरकारले उपलब्ध गराएको रकमबाट बचेको बताएको छ । 

सरकारले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ खर्च छुट्याएको थियो । निर्वाचन परिणाम तथा खर्च सार्वजनिक गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यो निर्वाचनमा प्रति मतदाता खर्च ४९३ रहेको बताए । 

स्थानीय तहको निर्वाचनमा कुल मतदाता १ करोड ७७ लाख ३३ हजार ७२३ रहेको र जसमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० र महिला मतदाता ८७ लाख ८१ हजार ५३० रहेको उनले बताए । स्थानीय तहको निर्वाचनमा कुल उम्मेदवार १ लाख ४५ हजार १३ रहेको र जसमा पुरुष ८९ हजार ३१४ र ५५ हजार ६९९ महिला उम्मेदवार थिए । 

तीमध्ये ३९० जना निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै, निर्वाचित पुरुष २० हजार ६३० र निर्वाचित महिला १४ हजार ४६६ रहेको उनले जानकारी दिए । 

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले १३७ पुरुष र ४ महिला गरी १४१ प्रमुख पद जितेको छ । कांग्रेसले प्रमुख पदमा २२ लाख ७९ हजार ३६३ प्राप्त मत गरेको छ । उपप्रमुखमा नेपाली कांग्रेसले २२ पुरुष, ८८ महिला गरी जम्मा ११० सिट जितेको छ । जसमा प्राप्त मत १५ लाख १५ हजार ३९८ रहेको प्रवक्ता शर्माले बताए । कांग्रेसले अध्यक्ष १८८ र १९० सिट उपाध्यक्षको जितेको छ । 



त्यस्तै, नेकपा एमालेले ७७ पुरुष ६ महिला ८३ सिट प्रमुखमा जितेको छ । प्रमुख पदमा प्राप्त मत २३ लाख ४८ हजार ७०९ रहेको छ भने उपप्रमुखमा ११ पुरुष, १०४ महिला गरी ११५ सिटमा विजयी भएको छ । एमालेले उपप्रमुखमा २२ लाख ७० हजार ३२४ प्राप्त मत गरेको छ भने अध्यक्षमा १२३ र १२६ सिट उपाध्यक्षमा जितेको छ । 

त्यस्तै, नेकपा (माओवादी केन्द्र) ले २४ पुरुष १ महिला गरी २५ प्रमुखमा जित हात पारेको छ । प्रवक्ता पौडेलका अनुसार प्रमुखमा माओवादी केन्द्रले ६ लाख २७ हजार ६९३ मत प्राप्त गरेको छ । उपप्रमुखमा १८ पुरुष १५ महिला गरी ३३ सिट जित्दा मत ९ लाख ४९ हजार ८५८ पाएको छ भने अध्यक्ष ९६ र उपाध्यक्ष, ९५ ठाउँमा पाएको छ । 



त्यस्तै, जनता समाजवादी पार्टी, नेपालले प्रमुखमा ९ सिट प्राप्त गरेको छ । जसमा सबै पुरुष छन् । त्यस्तै, प्राप्त मत ३ लाख ३ हजार २६१ रहेको छ । उपप्रमुखमा २ पुरुष १० महिला गरी १२ सिट जितेको छ भने उपप्रमुखमा प्राप्त मत ३ लाख २१ हजार ८९३ रहेको छ । अध्यक्षमा २१ र उपाध्यक्षमा १९ सिट जितेको छ । 

त्यस्तै नेकपा (एकीकृत समाजवादी) ले ११ पुरुष १ महिला गरी प्रमुखमा १२ सिट जितेको छ । प्रमुख पदमा आएको मत ३ लाख १८ हजार २६० रहेको छ । उपप्रमुखमा ४ पुरुष, ७ महिला गरी ११ सिट जितेको छ भने प्राप्त मत ३ लाख ८८ हजार २०५ रहेको छ । प्रवक्ता पौडेलका अनुसार एकीकृत समाजवादीले अध्यक्ष ८ ठाउँमा र उपाध्यक्ष १२ स्थानमा जितेको छ ।

यस वर्ष कुल मतदाता १ करोड ७७ लाख ३३ हजार ७२३ रहेका थिए । जसमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० र महिला मतदाता ८७ लाख ८१ हजार ५३० थिए । अन्य मतदाता १८३ जना थिए । 

स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलको संख्या २४ रहेको निर्वाचन आयोगले जनाएको छ । 
 

  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार १८:१७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया