एकान्तकुनामा टिपरसँग ठोक्किदा मोटरसाइकल चालकको मृत्यु, एकजना घाइते

ललितपुरको एकान्तकुनामा टिपरसँग ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार एकजना घाइते भएका छन् ।

गएराति ९ बजे बा ३ ख ५७७ नम्बरको रोकिराखेको टिपरमा बागमती प्रदेश ०२–०२७ प ६३३८ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक खोटाङ घर भई ललितपुरको ठेचो बस्ने २३ वर्षीय ठगेन्द्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा अल्का अस्पताल जावलाखेलमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने ३५ वर्षीय सुरज अधिकारी घाइते भएका छन् । उनको अल्का अस्पतालमा उपचार भइरहेको छ ।   





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार ९:३०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया