काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीमा मंगलबार राति ट्रकमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
बनेपाबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८० ८७ नम्बरको ट्रकलाई उछिन्ने क्रममा बा ६७ प २८९२ नम्बरको मोटरसाइकल सोही ट्रकमा ठोक्किएर पल्टिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार काभ्रेको रोशी गाउँपालिका–१ का १८ वर्षीय कृष्ट लामाको उपचारका क्रममा शिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय एण्डी लामाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।