सेयर बजारमा हरियाली, २३.८३ अंकले बढ्यो नेप्से
फाइल तस्वीर

सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार घटेको बजार बुधबार हरियाली भएर बन्द भएको छ ।

मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो। सेयर अझै केही दिन बढ्ने संकेत दिएर बजार बन्द भएको छ। 

आज तीनवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। एक सय ५६ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ। धेरै कारोबार हुने कम्पनीमा शिवम्, अरुण काबेली, नेस्डो, गुर्खाज फाइनान्स छन्। 

बुधबार सेयर बजार २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ। यस दिन तीन अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ । गत शुक्रबार मौद्रिक नीति आएपछि यो साता आइतबार ६१.०५ अंक र सोमबार ५४.४५ अंकले बढेको थियो । 

जसलाई मौद्रिक नीतिको प्रभावका रुपमा अर्थ्याएका थियो । मंगलबार ४४.८० अंकले घटेर बजार २०८८.१६ बिन्दुमा झरेको थियो । 





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार १६:११:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया