महानगरकै पैसाले यम बुद्धको सालिक बनाउने निर्णय, साढे एक करोड बजेट छुट्याइयो
फाइल तस्वीर

अन्ततः काठमाडौं महानगरपालिकाले आफ्नै पैसा खर्च गरेर कलाकार यम बुद्धको सालिकसहितको पार्क बनाउने निर्णय गरेको छ । महानगरले सालिक र पार्क निर्माण गर्नका लागि साढे एक करोड बजेट विनियोजनसमेत गरेको पाइएको छ । 

र्‍यापर यम बुद्धको नाममा काठमाडौं नगरपालिका १६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा पार्क बनाउन महानगरले साढे एक करोड बजेट विनियोजन गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । प्रवक्ताका अनुसार नयाँ बजारमा रहेको ७ रोपनी जग्गामा पार्क निर्माण गर्न प्रक्रिया थालिएको हो । 

‘उक्त पार्क निर्माणका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । यम बुद्धको नाममा बन्ने पार्कमा अरू पार्कमा हुने सुविधा सबै हुने छन् । अहिले बच्चाहरू खेल्नका लागि स्केटिङ पार्क पनि बनाउने योजना छ। अरू त सबै पार्कमा हुने कुरा भइहाल्छन्’ प्रवक्ता मानन्धरले भने । 

यसअघि यम बुद्धको सालिक बनाउन भनेर महानगरले एक करोड बजेट विनियोजन गरेको थियो । उक्त निर्णयले महानगर विवादितसमेत बनेको थियो । पछि मेयर बालेन शाहले आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका थिए । 

यम बुद्ध नेपालका चर्चित र्‍यापर थिए । उनले केही वर्षअघि बेलायतको लन्डनमा आत्महत्या गरेका थिए ।





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार १७:११:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया