असारमा मात्रै २६.८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको मन्त्री चौधरीको दाबी
फाइल तस्वीर

शहरी विकासमन्त्री मेटमणि चौधरीले आफू मन्त्री बनेपछि शहरी विकास मन्त्रालयले असारमा मात्र २६.८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको दाबी गरेका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्‍तो दाबी गरेका हुन् ।

उनले गत आर्थिक वर्षमा मन्त्रालयले कुल बजेट ३० अर्ब ८१ करोडमध्ये चालुतर्फ विनियोजित १ अर्ब ७५ करोड रुपैयाँमा १ अर्ब २८ करोड रुपैयाँ ७३.२८ प्रतिशत र पुँजीगततर्फ विनियोजित २९ अर्ब ५ करोड रुपैयाँमा २१ अर्ब ६१ करोड ६९.९५ प्रतिशत खर्च भएको भएको बताए । 

मन्त्री चौधरीले मन्त्रालयको समग्र प्रगति ७०.१४ रहेकोमा असार महिनामा मात्रै २६.८ प्रतिशत वित्तीय प्रगति हासिल भएको उल्लेख गरे । उनले असार महिनाको प्रगतिले शहरी विकास मन्त्रालय अन्य मन्त्रालयको तुलनामा उच्च प्रगति हासिल गर्ने मन्त्रालयको सूचीमा रहन सफल भएको दाबी गरे । 

उनले भने, ‘गत आर्थिक वर्षमा मन्त्रालयले कुल बजेट ३० अर्ब ८१ करोडमध्ये चालुतर्फ विनियोजित १ अर्ब ७५ करोड रुपैयाँमा १ अर्ब २८ करोड रुपैयाँ ७३.२८ प्रतिशत र पुँजीगततर्फ विनियोजित २९ अर्ब ५ करोड रुपैयाँमा २१ अर्ब ६१ करोड ६९.९५ प्रतिशत खर्च भएको छ । मन्त्रालयको समग्र प्रगति ७०.१४ रहेकोमा असार महिनामा मात्रै २६.८ प्रतिशत वित्तिय प्रगति हासिल भएको छ । यसबाट अन्य मन्त्रालयको तुलनामा उच्च प्रगति हासिल गर्ने मन्त्रालयको सूचीमा रहन सफल भएको छ ।’

मन्त्री चौधरीले जाने बेला रुने हास्ने भन्ने प्रश्नको धेरै ठाउँमा सोधिएको भन्दै रुने नभइ मुलुकलाई नै हसाएर जाने बताए । अगामी सय दिनभित्र काठमाडौं उपत्यकामा १०० किमिसम्मको माइक्रो रेल अर्थात स्ट्रिङ (तार) प्रविधिमा निर्धारित कम्प्युटर नियन्त्रित यातायातको सम्भाव्यताको अध्ययन गर्ने बताए ।
 





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार २०:३७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया