मन्त्री बडूले भने - हेटौंडाको कपडा उद्योग सञ्चालन हुन्छ

जीर्ण रहेको हेटौंडा कपडा उद्योग सञ्चालनमा आउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन् । हेटौंडाको औद्योगिक क्षेत्रको अवलोकन पछि मकवानपुर उद्योग वाणिज्य सँगको आयोजित अन्तक्रिया कार्यक्रममा उद्योग मन्त्री बडूले पहिलेको जसरी कुरा गर्ने र पूरा नगर्ने जस्तो प्रवृत्ति यो पटक नहुने बताए । 

राष्ट्रिय उद्योग बनाउनको लागि रुग्ण उद्योगहरूलाई सञ्चालनमा ल्याएर प्राथमिकतामा राख्ने बताउँदै उनले भने, ‘चलिरहेको उद्योगहरू पनि चलाउने, रुग्ण उद्योगहरू पनि चलाउनको लागि प्रयास गर्ने र नयाँ उद्योगहरू पनि सञ्चालनमा ल्याउन संघीय सरकारले के गर्नुपर्छ भनेर हामीले नीतिगत सल्लाह गरेका छौँ ।’ 

सरकारको प्रयासले बन्द रहेका उद्योगहरू सञ्चालन गर्न सकेनौँ भने निजी क्षेत्रलाई सुम्पने बताउँदै मन्त्री बडूले भने, सबै सरकारी स्वामित्वमै मात्रै सञ्चालनमा ल्याउन सकिन्छ भन्ने हुँदैन ।  निजी क्षेत्रलाई केही सहयोग गरेर ३० देखि ५० वर्षको लिजमा दिएर भए पनि हेटौंडा कपडा उद्योग जस्ता रुग्ण रहेका उद्योगहरू पुनः सञ्चालनमा ल्याउने छौँ । हिजो जस्तो हामीले भनिरहने र वर्ष बित्ने तर केही नहुने अब हुँदैन ।’ रुग्ण उद्योग चलाउँछौँ भन्ने अवस्था अब रहन नदिने बताउँदै मन्त्री बडूले सञ्चालनमा ल्याउन अन्तिम तयारी भइरहेको बताए । 





  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १५:११:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया