काठमाडौं उपत्यकामा थप ३३८ जनामा कोरोना संक्रमण
फाइल तस्वीर

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा ३३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २४४, भक्तपुर १६ र ललितपुरमा ६४ जनामा कोरोना देखिएको हो ।

त्यस्तै, आज देशभर ७१० जनामा कोरोना संक्रमण देखिएको छ । यो अवधिमा ५ हजार २५ नमुनाको परीक्षण  गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरस सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहमा देखिएको छ । यो समूहमा १६८ जना कोरोना संक्रमण भएको छ ।

त्यसपछि ३१-४० वर्ष उमेर समूहका ११३ जनामा, ४१-५० उमेर समूहका ७३ जना, ११-२० उमेर समूहका ५४ जना, ५१-६० उमेर समूहका ३४ जना, ७१-८० उमेर समूहका २१ जना, ०-१० उमेर समूहका ९ जना र ८० भन्दा माथिका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज देशभर २ जनाको कोरोना कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६२ पुगेको छ ।



आज देशभर ४ हजार २३६ जना सक्रिय संक्रमित रहेका छन् भने २१५ जना संक्रमणमुक्त भएका छन् ।



  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १६:४६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया