राष्ट्रिय सभाबाट खानेपानी तथा सरसफाइ विधेयक पारित

राष्ट्रिय सभाको बैठकमा खानेपानी तथा सरसफाइ विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ ।

प्रतिनिधिसभाबाट सन्देशसहित विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयक खानेपानीमन्त्री उमाकान्त चौधरीले पारित गरियोस् भनी बिहीबार बैठकमा प्रस्तुत गरेका थिए । 

उक्त विधेयकमाथिको छलफलमा सांसद प्रकाश पन्थले भाग लिएका थिए । सांसदले उठाएका प्रश्नको जवाफमा खानेपानीमन्त्री चौधरीले विधायन व्यवस्थापन समितिमा महत्वपूर्ण छलफल भएर विधेयक समृद्ध बनाएको जानकारी दिए । 

उनले अहिलेको अवस्थामा संविधानलाई कार्यान्वयन तथा दिगो विकास लक्ष्य पूरा गर्न सरकारले लिएको नीति र कार्यक्रम व्यवस्थापन र कार्यान्वयनका लागि अति आवश्यक भएकाले विधेयक ल्याइएको जानकारी दिए । राष्ट्रिय सभाको अर्को बैठक यही २३ गते अपराह्न १ बजे बस्ने गरी स्थगित भएको छ ।  





  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार २१:५०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया