अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार लामो टेलिफोन वार्ता भएको छ।
उनीहरुबीच दुई घण्टा १७ मिनेट फोनवार्ता भएको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसले ह्वाइट हाउसलाई उदृत गर्दै बताएको छ ।
सन् २०२१ जनवरीमा बाइडेन अमेरिकाको राष्ट्रपति नियुक्त भएपछि सी र उनीनबीच योसमेत पाँचपटक कुराकानी भएको छ । दुई राष्ट्रपतिबीचको कुराकानीलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
अघिल्ला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पालामा बिग्रिएको अमेरिका–चीन सम्बन्धमा बाइडेन आएपछि सुधार आउने संकेत देखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।