जनार्दन प्रकरण : सभामुखलाई प्रतिवेदन बुझाउँदै संसदीय छानबिन विशेष समिति

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएर करका दर हेरफेर गरेको विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउँदैछ ।  

प्रतिवेदनलाई अन्तिम रूप दिन बिहीबार दिनभर समितिको बैठक बसेको थियो ।  समितिका सदस्य सचिव सुरेन्द्र अर्यालका अनुसार समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर प्रतिवेदन बुझाउँदै छन् । 

‘संसदीय छानबिन विशेष समितिको आज अन्तिम बैठक बस्यो। प्रतिवदेन तयारी भएको छ, शुक्रबार समय लिएर सभामुखसमक्ष प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । समितिका सभापतिले पेश गर्नुहुनेछ,’ अर्यालले भने ।

गत २२ असारमा बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सो सम्बन्धमा छानबिन गर्न ११ सदस्यीय विशेष समिति गठनको घोषणा गरेका थिए । समितिमा सांसद खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव छन् । 

संसदीय छानबिन समिति गठन भएपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका थिए । 





  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार ६:४४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया