नेपाली चलचित्र ‘पानीफोटो’ आजबाट प्रदर्शनमा आएको छ । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा रहेको फिल्म आजबाट देशभरका सिनेमा हलबाट प्रदर्शन सुरु भएको हो ।
नेपालमा चलेको १० वर्षे सशस्त्र जनयुद्धको परिवेशमा मञ्चन भएको नाटकमाथि चलचित्र निर्माण गरिएको छ । जनयुद्धमा बेपत्ता छोराको पर्खाइमा रहेका दम्पतीको कथा चलचित्रमा देख्न सकिन्छ ।
चलचित्रमा लेखक एवं निर्देशक लामिछाने बाहेक अनुप बराल, मेनुका प्रधान, मलिका महत, रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतको शीर्ष भुमिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।