नेपाल नेत्रहीन क्रिकेट संघको अध्यक्षमा पवनकै निरन्तरता

नेपाल नेत्रहीन क्रिकेट संघको अध्यक्षमा पुनः पवन घिमिरे निर्वाचित भएका छन् । संघको बिहीबार बसेको १७ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले नयाँ कार्यकालको लागि घिमिरेलाई अध्यक्षमा चयन गरेको हो ।

यस्तै, संघको उपाध्यक्षमा गीता पौडेल, महासचिवमा अमृत बराल, कोषाध्यक्षमा उपेन्द्र श्रेष्ठ र सचिवमा निलकण्ठ तिमिल्सेना निर्वाचित भएका छन् । संघको सदस्यमा रमेश पोखरेल, सम्राट गौतम, भगवती अमगाई, सागर लामा, खेम सापकोटा र निर्मल पौडेल चुनिएका छन् । 

संघले दृष्टिविहीन महिला क्रिकेट खेललाई थप उचाइमा पुर्याउन समीक्षा ज्ञवालीको संयोजकत्वमा ५ सदस्यीय महिला समिति समेत गठन गरेको छ । महिला समितिको सदस्यमा मुना अर्याल, भगवती अमगाई, सुशीला चौधरी र  सरिता घिमिरे छन् । 


 





  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार ११:२८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया