द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघले विभिन्न मागसहित प्रदर्शन गरेको छ । संघसँग आवद्ध हरुले ‘सहिद र घाइते सुरक्षाकर्मीको योगदानलाई कदर गर’, ‘घाइते सुरक्षाकर्मीको आजीवन निःशुल्क उपचार गर’ लगायतका प्ले कार्डसहित काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका हुन् ।
द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघले द्वन्द्व पीडितका विभिन्न मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउन भन्दै धर्ना कार्यक्रमसहित विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।