नागरिकता विधेयकविरुद्ध हेटौंडामा राँके जुलुस [तस्वीरहरू]

संसदबाट पास गरिएको नागरिकता विधेयकविरुद्ध राप्रपा मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडामा राँके जुलुस विरोध प्रदर्शन गरेको छ ।

शुक्रबार साँझ राप्रपाले नागरिकता विधेयक, भ्रष्टाचार र अन्य समसामयिक विषयमा विरोध प्रदर्शन गरेको हो । उनीहरुले राष्ट्रघाती नागरिक अध्यादेश र संघीयता खारेज गर्न माग गर्दै राँके जुलुस गरेका हुन् । 

हेटौंडा ५ सानोपोखरा स्थित राप्रपाको पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शनको यार्ली कान्तिराजथ,बुद्धचोक हुँदै सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा राप्रपा नेपालका केन्द्रीय सदस्य दीपकबहादुर सिंहले सम्बोधन गर्दै प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधेयक नेपाली जनतालाई नचाइएको बताए । 

उक्त नागरिकता विधेयक पास गर्न छिमेकी देश भारतले हाम्रा नेताहरुलाई ठूलो आश्वासन दिएको उनले बताए । एमालेले नौ महिना प्रतिनिधिसभा अवरोध गरेको तर नागरिकता विधयेक विरुद्ध चुक्कसमेत बोल्न नसकेको सिंहले बताए ।





 

 

  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार २१:२०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया