तेस्राे लिङ्गीलाई सेनामा नलिने ट्रम्प नीतिलाई सर्वाेच्चकाे साथ

एजेन्सी- अमेरिकाकाे सर्वाेच्च अदालतले राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे तेस्राे लिङ्गीलाई सेनामा भर्ना नलिने नीतिलाई हरियाे झन्डा देखाइदिएकाे छ । सर्वाेच्चले याे मुद्दामा ट्रम्प प्रशासनलाई साथ दिए पनि त्यहाँकाे तल्लाे अदालतमा यस विषयमा मुद्दा चलिरहेकाे छ । 

सर्वाेच्चमा पाँच न्यायाधीशले याे फैसलाकाे समर्थन गरेका थिए । अन्य चार न्यायाधीश यसकाे विपक्षमा थिए ।

ट्रम्प प्रशासनले सेनामा तेस्राे लिङ्गी लैजाँदा सेनाकाे प्रभाव तथा क्षमतामा कमी आउने र जाेखिम बढ्ने बताएकाे छ ।

याे नीति यसअघि राष्ट्रपति बाराक ओबामाकाे समयमा लागु भएकाे थियाे । ओबामा प्रशासनले तेस्राे लिङ्गीलाई सेनामा ल्याउने मात्र हाेइन, उनीहरुकाे लिङ्ग परिवर्तनमा पनि सहयाेग गर्ने प्रावधान बनाएकाे थियाे ।

यही नीतिअनुसार १ जुलाई २०१७ देखि अमेरिकी सेनामा तेस्राे लिङ्गीलाई पनि समावेश गर्न थालिएकाे थियाे । तर, ट्रम्प प्रशासनले १ जनवरी २०१८ बाट नै याे नीति परिवर्तन गर्ने भन्दै सेनामा तेस्राे लिङ्गीलाई लिएकाे छैन ।

तर, केही दिनअघिमात्र अबकाे निर्वाचनमा राष्ट्रपति पदमा उठ्ने घाेषणा गरिसकेकी डेमाेक्रेट सांसद कमला ह्यारिसले सेनामा तेस्राे लिङ्गीलाई लैजाने र उनीहरुले अमेरिकालाई सहयाेग गर्न सक्षम भएकाे भन्दै ट्रम्पकाे याे निर्णय विराेधी नीति आफूहरुले लिने ट्विट गरेकी छिन् ।





  • प्रकाशित मिति : माघ ९, २०७५ बुधबार ८:४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया