राप्रपा नेपालको बझाङ–काठमाडौं सम्पर्क समाज गठन

राप्रपा नेपालको बझाङ–काठमाडौं सम्पर्क समाजको गठन भएको छ । बझाङबाट काठमाडौं आई विभिन्न पेसा, व्यवसाय गरेर बसेका राप्रपा नेपाल समर्थितहरुको आज सम्पन्न भेलाले भुवन कुँवरको अध्यक्षतामा १५ सदस्यीय बझाङ–काठमाडौं सम्पर्क समाजको गठन गरेको हो । 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका उपाध्यक्ष दिलविकास राजभण्डारीले सम्बर्द्धनवादको धरातलको जगमा नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउने महान उदेश्यका साथ अघि बढेको राप्रपा नेपालको गतिलाई अब कसैले रोकेर रोक्न नसक्ने ठोकुवा गरे । दिनदिनै राप्रपा नेपालप्रति आकर्षण बढेर पार्टी प्रवेश गर्नेहरुको लहरले पार्टीको गतिलाई अझ तीव्र बनाएको भन्दै उनले आउँदो संघीय निर्वाचनबाट पार्टीलाई राष्ट्रिय पार्टी मात्र होइन, देशको अग्रणी राष्ट्रवादी शक्ति बनाउन जनलहर सुरु भइसकेको राजभण्डारीले दाबी गरे ।

सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टीका नेता श्याम तिमल्सिना, महामन्त्री राजाराम बर्तौला, सहमहामन्त्री दमन बस्नेतलगायत नेताहरुले वडा तहसम्म संगठन विस्तार गरेर पार्टीलाई मुलुकको जिम्मेवार राष्ट्रवादी शक्ति बनाउन सबै तहका नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

पार्टीका सहायक महामन्त्री एवं सम्पर्क समाज समन्वय विभागका संयोजक हिक्मतजंग भण्डारीले उपत्यकाबाहिरका ७४ वटै जिल्लासँग सम्बन्धित सम्पर्क समाजको चाँडै गठन गरिने जानकारी दिँदै यसको लागि समन्वयमा सहयोग गर्न पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यलगायत जिल्ला अध्यक्षहरुसँग आग्रह गरेका थिए ।
 
जमलस्थित होटल यल्लो प्यागोडामा आयोजित कार्यक्रममा गठित बझाङ–काठमाडौं सम्पर्क समाजको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा धिरज दौल्याल र प्रशान्त सिंह, सचिवमा प्रभु सिंह, कोषाध्यक्षमा सुनिल भण्डारी तथा सदस्यहरुमा विजय दौल्याल, जितेन्द्र सिंह, समशेर दौल्याल, रोशन थापा, अमृत बोहरा, गजेन्द्र सिंह, प्रिन्स सिंह, केशव बजगाईं, केशव सिंह र वीरेन्द्र कुँवर रहेका छन् ।
 





  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार १७:१६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया