सुर्खेतबाट मुगुका लागि छुटेको लु१ज ३७३४ नंको जिप जुम्लामा दुर्घटना भएको छ । सुर्खेतबाट छुटेको जिप हुम्लाको सिञ्जा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु जिल्ला राराछाँयानाथ नगरपालिका–२ का २५ वर्षीय दीपक तिरुवा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
उनका अनुसार जिपको ब्रेक फेल हुँदा दुर्घटना भएको हो । जिप चालक दलबहादुर बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ ।
जिपमा अन्य पाँचजना यात्रु सवार थिए । अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।