भूकम्पको केन्द्रविन्दु भएको स्थानमा पुग्यो प्रहरी

नेपाल प्रहरीको एक टोली आज गएको भूकम्पको केन्द्रविन्दु खोटाङको साकेला गाउँपालिका–५ मात्तिम विर्ता पुगेको छ । भूकम्पले गरेको क्षतिको विवरण तथा अवस्था बुझ्न प्रहरीको टोली गएको कोटाङका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईले बताए । 

‘भूकम्पको केन्द्रविन्दु भएको भएको ठाउँमा अहिले प्रहरी टोली पुगीसकेको छ,’ उनले भने । 

आज विहान ८:१३ बजे खोटाङको साकेला गाउँपालिका–५ मात्तिम विर्ता केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प ६ म्याग्निच्युडको रहेको थियो । 

अहिले जिल्लाभरीबाट विवरण संकलन गर्ने काम भइरहेको उनले जनाए । 





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार ११:५६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया