भूकम्पले केही घर भत्किए, केही चर्किए [तस्बिरहरू]

खोटाङमा आइतबार बिहान गएको भूकम्पबाट हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त भई नसकेको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जानकारी दिए । 

साकेला गाउँपालिका–५ को मात्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्नेच्युडको भूकम्प गएको हो । 

उक्त भूकम्पले केही घरमा क्षति पुगेका तस्बिर प्राप्त भएको छ । क्षतिसम्बन्धी जानकारी लिने क्रम भइरहेको प्रजिअ सेडाईले जानकारी दिए । भूकम्पको केन्द्रबिन्दु स्थलमा सुरक्षाकर्मी पुगिसकेका छन् ।   

 





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार १२:१४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया