न्यूजिल्याण्डको सिमाना पूर्णरूपमा खुला

सन् २०२० को मार्चमा कोभिड महामारीले बन्द न्यूजिल्याण्डको सिमाना सोमबार विश्वभरका आगन्तुकहरूको लागि पूर्णरूपमा पुनः खुला भएको छ ।

न्यूजिल्याण्डका सीमाहरू फेब्रुअरीमा न्यूजिल्याण्डका लागि पुनः खोलिएको थियो । देशमा कोभिडविरुद्धका प्रतिबन्धहरू क्रमशः सहज भएका छन् । 

भिसा चाहिने आगन्तुकहरू र विद्यार्थी भिसामा रहेकाहरूलाई पनि न्यूजिल्यान्ड फर्कन अनुमति दिइएको छ । न्यूजिल्याण्डले अब आफ्नो बन्दरगाहहरूमा क्रुज जहाजहरू र विदेशी मनोरञ्जन याटलाई पनि अनुमति दिइरहेको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीले न्यूजिल्याण्डको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । पुनः सीमा खोलिएसँगै देशभरका स्कुल र विश्वविद्यालयहरूलाई फेरि बढावा दिने शैक्षिक प्रदायकहरूले आशा राखेका छन् ।   





  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार ८:११:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया