फेक न्युज रोक्न ह्वाट्सयापको नयाँ योजनाः मेसेज फरवार्डमा लगाम

एजेन्सी– इन्स्ट्यान्ट मेसेजिङ याप ह्वाट्सयाप पछिल्लो समय नेपालमा पनि निकै लोकप्रिय हुँदै गइरहेको छ । नेपालमा पनि विभिन्न मेसेज फरवार्ड ह्वाट्सयापमार्फत् हुन थालेका छन् । 

तर, ह्वाट्सयापले अब मेसेज फरवार्ड गर्ने सन्दर्भमा नयाँ नियम बनाएको छ । उसले यस्तो गर्नुको कारण चाहिँ फेक न्युजसँग लड्न आफ्नो कसरत भनेको छ । ह्वाट्सयापका अनुसार अब एउटा मेसेज एकजनाले बढीमा पाँच पटकमात्र सेयर गर्न पाउनेछन् ।

फेसबुकको स्वामित्व भएको यो कम्पनीले यस्तो मेसेजमा कडाइ ६ महिनाअघिबाट नै सुरु गरेको हो । सबैभन्दा पहिले उसले मेसेज फरवार्ड गर्ने पाबन्दी भारतमा लगाएको थियो ।

अहिले विश्वभर मानिसहरुले २० पटकसम्म एउटा मेसेज फरवार्ड गर्न पाउँथे । 

ह्वाट्सयापमा ग्रुपको पनि सीमा रहेको छ । एउटा ग्रुपमा ह्वाट्सयापमा २५६ जनासम्म प्रयोगकर्ता हुन सक्छन् ।





  • प्रकाशित मिति : माघ ९, २०७५ बुधबार १८:५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया