एक सातामा ५१५६ कोरोना संक्रमित थपिए, नौजनाको मृत्यु

अहिले नेपालमा कोरोनाको ग्राफ दिनानुदिन बढ्दै गएको छ । पछिल्लो एक सातामा मात्रै कोरोना पाँच हजार एक सय ५६ कोरोना संक्रमित थपिएका छन् । 

सोमबार मात्रै थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ९ सय ९ जनामा गरिएको नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

नमुना परीक्षण गरिएकामध्ये तीन हजार ६ सय ८५ जनाको पिसिआर परीक्षण र २२ सय २४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

मन्त्रालयका अनुसार सोमबार संक्रमणका कारण एकजनाको ज्यान गएको छ । अहिले नेपालमा ४ हजार ९ सय ३४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

आइतबार थप ६२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो भने १ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो दिन ५ हजार ८४६ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । 



यो अवधिमा २ हजार ६५१ नमुनाको पीसीआर गर्दा ४९६ र ३ हजार १९५ नुमनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२४ गरी ६ सय २० जनामा कोरोना देखिएको हो । आइतबार २९७ जना संक्रमित संक्रमणमुक्त भएका थिए ।

त्यसैगरी शनिबार नेपालमा ४३८ जनामा कोरोना संक्रमण देखिएको थियो भने २ जनाको मृत्यु भएको थियो । सो दिन २७७ जना संक्रमणमुक्त भएका थिए । 



शनिबार देशभर ३ हजार ६९९ नमुनाको पिसिआर तथा एन्टिजेन परीक्षण गरिएको थियो । सो दिन १ हजार ७७९ नमुनाको पिसिआर गर्दा २९२ जनामा र १ हजार ९२० जनाको एन्टिजेन गर्दा १४६ जनामा कोरोना देखिएको हो । 

शुक्रबार थप ५७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो भने दुईजनाको मृत्यु भएको थियो । चार हजार २८२ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

बिहीबार ७१० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । ५ हजार २५ नमुनाको परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

सो दिन २ हजार ५४१ नमुनाको पिसिआर गर्दा ५२४ जनामा र २ हजार ४८४ नमुनाको एन्टिजेन गर्दा १८६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो ।

त्यस्तै, बुधबार देशभर कोरोना भाइरसको ५६४ जना नयाँ संक्रमित थपिएका थिए । पिसिआर र एन्टिजेन विधिबाट ४ हजार ४५४ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको हो । सो दिन कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको थियो । 

त्यस्तै गत मंगलबार ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । ५ हजार ५५ नमुनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । 

सो दिन २ हजार २१५ नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा ४०० र २ हजार ८४० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

सो दिन कोरोनाका कारण आज थप २ जनाको मृत्यु भएको थियो । मंगलबार २१८ जना कोरोना संक्रमणमुक्त भएका थिए । 

  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार १८:१४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया