नेपाली कांग्रेसनिकट युथ कांग्रेसले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध कालो झण्डा प्रदर्शन गरेको छ ।
सोमबार संघीय संसद् भवन अगाडि उनीहरुले कालो झण्डा प्रदर्शन गर्दै विरोध गरेका हुन् ।
बजेट बनाउँदा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेका शर्मामाथि छानबिन नै नगरी क्लिन चिट दिएको र पुनः अर्थमन्त्रीमा नियुक्ति दिएको भन्दै युथ कांग्रेसले विरोध जनाएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।