आकाश र रेखाको ‘हिँड्दाहिँड्दै’ माघ २० आउने

लभस्टोरी फिल्म ‘हिँड्दाहिँड्दै’को फस्र्टलुक पोस्टर दर्शकमाझ ल्याइएको छ । निर्माण टिमले साउने सोमबारको शुभसाइत पारेर फस्र्टलुकसहित फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो । मिलन आले मगरको निर्देशनमा सुशील पंगेनीले निर्माण गरेको फिल्म २० माघमा देशव्यापी प्रदर्शनमा आउनेछ ।

सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख कलाकार आकाश श्रेष्ठ र रेखा शाहलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । रेखा यही फिल्मबाट रजतपटमा डेब्यु गर्दै छिन् । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा विमल श्रेष्ठको प्रस्तुति रहेको फिल्ममा आकाश र रेखाका साथमा सलोन बस्नेत, सानिया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापा मगर, ममता पौडेल र बालकलाकार अर्विन थिङले अभिनय गरेका छन् । 

राजकुमार थिङ निर्माता रहेको फिल्मको सहनिर्मातामा केबी सुब्बा, प्रमोदकुमार तामाङ र महादेव साह छन् । लीलामान तण्डुकारले खिचेको फिल्मका गीतमा तारा प्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन र नवीन निरौलाको सम्पादन छ । 

आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको हाल पोस्ट प्रोडक्सनको कार्य भइरहेको जानकारी निर्माण पक्षले दिएको छ ।
 





  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार १८:५७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया