बलिउड अभिनेता सलमान खानले बन्दुक राख्ने अनुमति पत्र (लाइसेन्स) प्राप्त गरेका छन् । केही समयअघि सलमानले गुण्डागर्दी गर्नेहरूले ज्यान मार्ने धम्की दिएको भन्दै प्रतिरोधका लागि बन्दुक राख्न अनुमति पाउनका लागि आवेदन दिएका थिए ।
लरेन्स बिश्नोई र गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएपछि प्रहरीले सलमानको सुरक्षा बढाएको थियो । उनले हालै मुम्बई पुलिस आयुक्त विवेक फंसालकर र संयुक्त प्रहरी आयुक्त विश्वास नाङ्गे पाटिलसँग भेटवार्ता गरेका थिए ।
सलमानको आवेदनका आधारमा प्रहरीले उनलाई बन्दुकको लाइसेन्स जारी गरेको अधिकारीले बताए । सलमान र उनका पिता सलिम खानलाई मार्ने धम्की दिने गुमनाम पत्र पाएपछि जुन महिनामा पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।