भारतमा मंकीपक्सबाट २२ वर्षीय युवकको मृत्यु

भारतले दक्षिणी राज्य केरलामा मंकीपक्सबाट पहिलोपटक मानिसको मृत्यु भएको पुष्टि गरेको छ । हालै संयुक्त अरब इमिरेट्सबाट उक्त राज्यमा आएका २२ वर्षीय युवकको मंकीपक्सबाट मृत्यु भएको हो ।

केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले ती व्यक्तिले सुरुमा विदेशमा परीक्षणका क्रममा मंकीपक्स पोजिटिभ देखिएको बताइन । उनको मृत्युपछि परीक्षण गरिएका नमूनाहरूमा पनि भाइरस भेटिएको मन्त्री जर्जले जानकारी दिइन् ।

मंकीपक्सका कारण अफ्रिकाबाहेक यो चौथो मृत्यु हो । यसअघि स्पेनमा २ र ब्राजिलमा १ जना मंकीपक्सका कारण मृत्यु भएको थियो । 

संक्रमित व्यक्ति एक सैन्य अधिकारी थिए जसले देशको उत्तर–पूर्वी एक अस्पतालमा रिपोर्ट गरेका थिए । अस्पतालमा रिपोर्ट गरेको तीन दिनपछि उनको मृत्यु भएको थियो । उनलाई हल्का ज्वरो र रातो बिमिरा आएका थिए । 





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार ११:५०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया