देशलाई निर्दलीय अभ्यासतिर धकेलिँदै छ : भीम रावल
फाइल तस्वीर

नेकपा एमालेका सांसद डा. भीम रावलले निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद रावलले नेपालको संविधानको धारा २६९ ले समान विचारधारा, दर्शन, कार्यक्रम भएका व्यक्ति एउटा राजनीतिक दलमा आवद्ध हुनेछन्, त्यस्तो दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने लेखिए पनि यसको खुलेआम उल्लंघन भइरहेको बताए ।

उनले कुनै पनि सार्वजनिक पद धारण गर्ने, शपथ लिनुपर्ने व्यक्तिले आफ्नो जिम्मेवारी वहन गर्दा प्रचलित कानुनको पालना गरी, मुलुक र जनताको भलो चिताइ, कसैको डर नमानि पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिइ इमान्दारीका साथ गर्नेछु भन्ने कुरा लेखिए पनि देशमा अहिले विदेशीसँग थर्कमान भइ, डर मानी, संविधान मिचि, उल्लंघन गरी मनपरी गर्नेछु भन्नेजस्तो चरित्र देखिन थालेको बताए ।

सांसद रावलले भने, ‘एकप्रकारको निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको छ । अनि यो शपथको के अर्थ भयो ? त्यसकारण यो शपथ लिइसकेपछि यसलाई कानूनी रुपमा अनिवार्य पालना गर्नुपर्ने, नगरेमा कारबाही गर्ने प्रावधान राख्नुपर्छ ।’

सांसद रावलले शपथ लिइसकेपछि यसलाई कानुनी रुपमा अनिवार्य पालना गर्नुपर्ने, नगरेमा कारबाही गर्ने प्रावधान राख्न माग गरे । सरकारले बिना कुनै हिचकिचाहट माथिल्लो कर्णालीमा जिएमआर कम्पनीसँग गरिएको सम्झौताको ठाडो उल्लंघन गरेको आरोप लगाए ।

सांसद् रावलले विदेशीसँग खुलेआम साँठगाँठको काम तीव्र हुन थालेको भन्दै शपथ ग्रहण कार्यान्वयन नगर्नेलाई कारबाही गर्ने व्यवस्था गरेर ल्याउनुपर्ने बताए ।





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार १५:१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया