नेप्सेमा सामान्य गिरावट, शिवम् सिमेन्टको २९ करोड ३२ लाख बराबरको शेयर कारोबार
फाइल तस्वीर

पछिल्लो समय लगातार रुपमा बढ्दै आएको नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । मंगलबार नेप्से सूचक २.७६ अंकले घटेर २१९३.४८ बिन्दुमा झरेको हो । 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स शून्य अंकले घटेको छ भने फ्लोटइण्डेक्स ०.०१ अंकले घटेको छ । तर सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.१३ अंकले बढेको छ । 

मंगलबार कारोबारमा आएका २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका १३ उपसमूह मध्ये ७ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ भने ६ वटा उपसमूहको सूचक वृद्धि भएको छ । जसमा फाइनान्स, हाइड्रोपावर र व्यापार उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ । 

मंगलबार नेप्सेमा सामान्य गिरावट आए पनि विन्द्यवासिनी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । सामलिङ्ग पावरको ९.९८ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको ९.९७ प्रतिशतले बढेको छ । यता राष्ट्रउत्थान लघुवित्तको शेयरमूल्य ४.२४ प्रतिशतले घटेको छ । आज शिवम सिमेन्टको सबैभन्दा धेरै २९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार १६:१८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया