अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको पहुँच सुनिश्चित गराउन प्रत्यायन विधेयक : दिलेन्द्र बडू
फाइल तस्वीर

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रत्यायन विधेयक, २०७८ निरीक्षण, परीक्षण र प्रमाणीकरण गर्ने कार्यलाई प्रभावकारी र व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदले विधेयकसम्बन्धी उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

मन्त्री बडूले मुलुकमा समरुपता परीक्षण, निरीक्षण, परीक्षण प्रमाणीकरणलाई प्रत्यायनको माध्यमबाट अन्तर्राष्ट्रिय मान्यता प्रदान यो विधेयकले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले अन्तर्राष्ट्रिय बजारमा आफ्ना वस्तुको पहुँच सुनिश्चित गराउने विषयमा पनि यो विधेयक महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे ।

मन्त्री बडूले नेपालबाट विश्व बजारमा जाने उत्पादनको विश्वसनीयता पनि यो विधेयकका कारण बढ्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय व्यापारमा नेपालका वस्तुको पहुँच पनि सहजतापूर्वक हुने प्रतिवद्धता जनाए ।

‘यो प्रस्ताव निरीक्षण, परीक्षण गर्ने, प्रमाणीकरण गर्ने कार्यलाई प्रभावकारी र व्यवस्थित गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो । मुलुकमा समरुपता परीक्षण, निरीक्षण, परीक्षण प्रमाणीकरणलाई प्रत्यायनको माध्यमबाट अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्नलाई, अन्तर्राष्ट्रिय बजारमा आफ्ना वस्तुहरुको पहुँच सुनिश्चित गराउने विषय हो । हामीले एग्रिडिटेशन गरिसके पछिका वस्तुहरुको मात्र अन्तर्राष्ट्रिय बजारमा विश्वसनीयता बढ्छ र यसलाई सहजै स्वीकार्य हुनसक्छ’ उनले भने ।

प्रतिनिधिसभाको अर्को बैठक २२ साउनमा आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । 





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार १६:५७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया