थप ८१४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ५ हजार नाघे
फाइल तस्वीर

नेपालमा पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ४१५ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्या कोरोना संक्रमित थपिएका हुन् ।

कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म देशभर कोरोनाबाट ११ हजार ९६८ जनाले ज्यान गुमाएका छन् ।

मंगलबार २९९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार नाघेको छ ।

हाल देशभर ५ हजार १४४ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार १७:२७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया