म्याग्दीमा पहिरोमा पुरिएर एकै घर–परिवारका पाँच जनाको मृत्यु

मालिका गाउँपालिका–२ रुममा अवरिल वर्षाको कारण मंगलबार बिहान पहिरो जाँदा एकै घर–परिवारका पाँचजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय घाम बहादुर विक, उनकै श्रीमती ३४ वर्षीया राममाया विक, उनकै छोराहरू १८ वर्षीय नवीन विक, १४ वर्षीय राजन विक र छोरी ७ वर्षीया अस्मी पटेल रहेका छन् । 

उक्त स्थानमा पहिरो आई दुई वटा घरहरु बगाएको थियो । इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा उनीहरूको शव फेला पारेको हो । 

पहिरोमा परी घाइते भएका सोही ठाउँ बस्ने ६५ वर्षीय गोठे विक र उनकै श्रीमती ६५ वर्षीया गोरी विकको रुम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 

पहिरोबाट ३ वटा घर र १ वटा गोठ पुरिएर क्षति भएको छ । तत्काल घटनास्थलमा खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार १७:३९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया