आफूविरुद्ध 'मुर्दावाद'को नारा लगाउनेलाई हर्क साम्पाङले दिए धन्यवाद
फाइल तस्वीर

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आफूविरुद्ध 'मुर्दावादको नारा' लगाउनेलाई धन्यवाद दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत लाइभ भिडियो टिप्पणी गर्दै ‘हर्क साम्पाङ मुर्दावाद !’ भनेर नारा लगाउँदै उपमहानगरपालिकाको झ्यालका सिसा फुटाउने प्रदर्शनकारीहरूलाई धन्यवाद दिएका हुन् ।

'बराह बचत तथा ऋण सहकारीका विषयमा दुई/चार जना खराब तत्त्वहरूको कारणले गर्दा नगरपालिकाको परिसरभित्र आएर हर्क साम्पाङ मुर्दावाद भन्ने नारा लगाउनुभयो । उहाँ सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु' उनले भने ।

उनले जसले सहकारीबाट बचतकर्ताको रकम उठाउन सहयोग गरिरहेको उसैविरुद्ध मुर्दावादको नारा लाग्नु 'राम्रै हो' भनेर व्यङ्ग्यसमेत गरे । उनले प्रदर्शनकारीले आफूलाई 'चोर र दलाल'सम्म पनि भ्याएको उल्लेख गरे । उनले सहकारी संस्थाका वचतकर्ताको रकम असुलउपर गर्नका लागि आफूले प्रयास गरिरहेको पनि जिकिर गरे ।

उनले आफूले धरानको मेयर निर्वाचित भएपछि धेरै कामहरू गर्न चाहेको र केही कामहरू जारी रहेको पनि बताए । 'मैले धरानमा निर्वाचित भइसकेपछि धेरैवटा काम गर्न चाहेको छु र गरिरहेको पनि छु । यसमा यहाँहरूको साथ र सहयोग रहेको छ,' उनले भने ।

उनले धरानको विकास र सुशासनका लागि आफूले दिन रात सोचिरहेको बताए । उनले आफू धरान मात्र नभएर देशका बारेमा चिन्तन मनन् गर्ने व्यक्ति आफू भएको पनि उल्लेख गरेका छन् ।





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार २०:१३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया