प्रिगनेन्सीमा काम गर्न आलियालाई कति सहज ?

बलिउड अभिनेत्री आलिया भट्ट छिट्टै आमा बन्दै छिन् । उनले केही समयअगाडि मात्र सामाजिक सन्जालमा आफू आमा बन्न लागेको सार्वजनिक गरेकी थिइन् ।

अहिले उनी हलिउडको एउटा फिल्मको प्रमोसनका लागि व्यस्त छिन् । त्यस्तै, उनको फिल्म रकी और रानीको प्रचार कार्यक्रम पनि अहिले व्यापक चलिरहेको छ । 

यहीबीच भारतीय मिडियाले गर्भवती हुँदा पनि आलियाले काम गरेको भन्दै समाचार प्रकाशन गरेका छन् । 

त्यसो त आलिया आफैंले पनि आफूलाई अहिले काम गर्दा कस्तो अनुभव भइरहेको छ भन्ने विषयमा बताएकी छिन् । उनले फिट भएकाले र आफूलाई कुनै कम्प्लिकेसन नभएकाले आफूले काम गरिरहेको र यसलाई अन्यथा मान्न नहुने बताएकी हुन् ।





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार २०:४०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया