जानीलाई ज्यानको खतरा

भारतमा पन्जाबी अभिनेता तथा लेखक जानीलाई ज्यान मार्ने धम्की आएको छ । उनले यसबारे प्रहरीलाई जानकारी पनि दिएका छन् ।

आफूलाई बारम्बार धम्की आए पछि उनले पन्जाब छोडेको पनि बताएका छन् । उनले विभिन्न ग्याङस्टर्सले आफूलाई ज्यान मार्ने धम्की दिएको बताएका छन् ।

उनले सिद्धु मुसेवालालाई हत्या गरिएको भन्दै आफ्नो ज्यान पनि खतरामा रहेको बताएका हुन् । यसबारे पन्जाब सरकार र प्रहरीले चाहिँ केही बताएको छैन । 

जानीले चाहिँ आफू र आफ्ना म्यानेजर दिलराज सिंह नन्दालाई बारम्बार धम्की आइरहेको बताएका हुन् ।





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार १:१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया