महोत्तरीको गौशालामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ । बुधबार बिहान गौशाला नगरपालिका–१ सुर्तिविकास चौकमा ना ४ ख ३३३१ नम्बरको ट्रकले ठक्कर दिँदा गौशाला नगरपालिका–४ रजखोरका २८ वर्षीय हरदेव सहनीको मृत्यु भएको हो ।
मोटरसाइकल चालक सहनीले छोरा दिलीपलाई विद्यालय पुर्याउन जाँदा ट्रकले ठक्कर दिएको छ । प्रहरीका अनुसार गम्भीर घाइते भएको सहनीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।
मृतक सहनीका छोरा दिलीप स्थानीय एप्पल बोर्डिङ स्कुलमा अध्ययनरत थिए । दुर्घटनामा परी बालक दिलीप घाइते भएको र उनको बर्दिवासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।