अझै मासिक १ अर्ब २७ करोड घाटा हुन्छ, मूल्य घट्दैन : आयल निगम

भारतीय आयल कर्पोरेसन (आइओसी)ले मूल्य घटाएर पठाए पनि नेपालमा तेलको मूल्य नघट्ने भएको छ । नेपाल आयल निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मूल्य समायोजन नगर्ने जानकारी दिएको हो । 

निगमलाई अझै १५ दिनमा करिब ६३ करोड ५८ लाख रुपैयाँ र मासिक एक अर्ब २७ करोड घाटा हुने र पुरानो बक्यौता तिर्न बाँकी रहेको भन्दै भाउ नघटाउने जानकारी दिएको हो । 

निगमले महँगो इन्धनको खपत कम गर्नका लागि सर्वसाधरणलाई अनुरोध समेत गरेको छ । इन्धन खरिद गरेबापत आइओसीलाई अझै २३ अर्ब बक्यौता बाँकी रहेको पनि निगमले जनाएको छ ।
 
आइओसीले साउन १६ गते पठाएको नयाँ मूल्य सूचीअनुसार आइओसीले पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल÷मट्टीतेलमा समान प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटाएर पठाएको  थियो । 

अहिले नेपाली बजारमा पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र मट्टितेल र डिजेल प्रतिलिटर १७२ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) १ सय ८० रुपैयाँ, हवाई इन्धन (बाह्य) १.६४ अमेरिकी डलरमा बिक्री हुँदै आएको छ भने एलपी ग्यास प्रतिसिलिण्डर एक हजार ८०० रुपैयाँ रहेको छ ।





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार १९:१९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया