दाङमा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु
सांकेतिक तस्विर

दाङको लमही नगरपालिका–६ देउपुरमा आज बिहान ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १५ वर्षीय सुशान चौधरी रहेका छन् । 

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

लु ४ त ८१०६ नम्बरको ट्याक्टरमा सवार उनी आज बिहान ६ बजे ट्याक्टरबाट खसेका हुन् । ट्याक्टर सहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।





  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार १०:४६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया