काठमाडौंका लागि उडेको श्रीको जहाज इन्जिनमा समस्या देखिएपछि नेपालगञ्जमै आकस्मिक अवतरण
फाइल तस्बिर

नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज फेरि नेपालगञ्ज नै फर्किएको छ । उडेको केहीबेरमै इन्जिनमा समस्या देखिएपछि जहाज फेरि नेपालगञ्ज नै फर्किएको हो ।

७९ यात्रु र ४ जना चालक दलका सदस्यसहित बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा उडेको जहाज पाँच मिनेट नपुग्दै फेरि नेपालगञ्ज फर्किएको श्री एयरलाइन्सको नेपालगञ्ज कार्यालयले जनाएको छ ।

जहाजमा भएका सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ । अहिले प्राविधिकले जहाजमा समस्याको बारेमा अध्ययन गरिरहेका छन् । 





  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार १०:५६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया