द भ्वाइस अफ नेपाल सिजन ४ मा दुई निर्णायक फेरिए

द भ्वाइस अफ नेपाल सिजन ४ को लागि दुई निर्णायक परिवर्तन गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो ।

परिवर्तित निर्णायकमा राजेशपायल राई र प्रविशा अधिकारी हुने छन् । त्यस्तै पुराना निर्णायक प्रमोद खरेल र राजु लामाले यस सिजनमा पनि निरन्तरता पाएका छन् । गायन रियालिटी शोको टाइटल स्पोन्सरमा बजाज पल्सर रहेको छ ।

सिजन ४ को निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । डिजिटल अडिशनमा सहभागी भएका करिव ४१ हजार आवेदक मध्येबाट छानिएका १२० बढी प्रतिभाहरु ब्लाइण्ड अडिशनको तयारीमा रहेका छन् ।

अडिशनमा नेपालसहित विभिन्न देशमा बसोवास गर्ने नेपालीभाषी प्रतिभाहरुले पनि उत्साहजनक सहभागिता जनाएको आयोजकले जनाएको छ ।

भारत, थाइल्याण्ड, बर्मा, अस्ट्रेलिया र अमेरिका बासोवास गरिरहेका नेपालभूमीका प्रतिभाहरुले पनि अडिसनमा सहभागिता जनाएको आयोजकको भनाइ छ ।

कार्यक्रममा बोल्दै गायक राजेशपायल राईले कार्यक्रमले नयाँ प्रतिभाको खोजीमा जोड दिने बताए । उनले आफ्नो खोजी पनि प्रतिभाकै खोजीमा रहने र राम्रोलाई प्रोत्साहन गर्नेमा हुने बताए ।



त्यस्तै, गायिका प्रविशा अधिकारीले आफ्नो लागि यो चुनौतीको विषय भएको बताइन् । उनले वरिष्ठ कलाकारसँग बसेर निर्णय गर्नु आफैँमा कठिन रहेको बताइन् ।

तीन सिजनसम्म निर्णायक रहेका वरिष्ठ गायक दीप श्रेष्ठले भने यस सिजनमा विश्राम लिएका छन् । आगामी एक महिनाभित्र नै सिजन ४ को प्रशारण शुरु हुने आयोजकले जनाएको छ । शो हरेक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुनेछ ।



  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार १९:४७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया