काठमाडौं । अवैधानिक रुपमा नेविसंघको म्याद थप गरेको भन्दै नेपाल विद्यार्थी संघकाे एक पक्षले सानेपास्थित नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा दुई घन्टा धर्ना दिएकाे छ । पार्टी सभापतिको साे कदमले संगठनमा गतिरोध उत्पन्न गरेको धर्नाकारी विद्यार्थी नेताहरुले बताएका छन् ।
विद्यार्थी नेताहरूले केन्द्रीय समितिको बैठकमा सहभागी हुन कार्यालय पुगेका पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छदारसहितका नेताहरुलाई सोसम्बन्धमा ध्यानाकर्षण गराएका छन् । अहिलेको नेतृत्वले महाधिवेशन पनि गर्न नसक्ने र स्ववियु निर्वाचन पनि गर्न नसक्ने भन्दै विद्यार्थीहरुले पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।