काठमाडौं– पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ‘मेकानिकल इन्जिनियरिङ’ अध्ययनरत विद्यार्थीले शुक्रबारदेखि ‘दशौँ राष्ट्रिय मेकानिकल इन्जिनियरिङ प्रदर्शनी’ आयोजना गर्ने भएका छन् । ‘मेकनिकल इन्जिनियरिङ’ क्षेत्रका नवीनतम विकास प्रदर्शनी गर्न मेकानिक इन्जिनियरिङ विद्यार्थी समाजले बर्सेनि प्रदर्शनीको आयोजना गर्दै आएको छ ।
तीन दिनसम्म चल्ने प्रदर्शनीमा विद्यालय तहदेखि स्नातक तहसम्मका विद्यार्थी समावेश गर्ने उद्देश्य रहेको समाजका अध्यक्ष विकास कुँवरले बताए । प्रदर्शनीमा विद्यार्थी, विज्ञ, प्रविधिप्रेमी गरेर झन्डै २५ हजारको सहभागिता हुने आयोजकको दाबी छ ।
विद्यार्थीमा आत्मविश्वास बढाउनेसँगै यो कार्यक्रमले उद्यमशीलतातर्फ लैजाने विश्वास आयोजकको छ । प्रदर्शनी आइतबारसम्म चल्नेछ । पुल्चोकसँगै काठमाडौँ उपत्यका र उपत्यका बाहिर रहेका ‘मेकानिकल र अरु इन्जिनियरिङ विषयका विद्यार्थी प्रदर्शनीमा सहभागी हुनेछन् ।
विसं २०६५ मा स्थापना भएको समाजले बर्सेनि ‘मेकानिकल इन्जिनियरिङ प्रदर्शनी गर्दै आएको छ । समाजमा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी सहभागी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।