करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार एक युवक पक्राउ
सांकेतिक तस्विर

जिल्ला प्रहरी कार्यालय उदयपुरले जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार भएका एक युवकलाई पक्राउ गरेको छ । उदयपुर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद सजाय पाएका चौदण्डी गढी नगरपालिका–९ ज्यामिरेका ४० वर्षीय राजेश्वर चौधरीलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेको हो । 

फरार प्रतिवादी चौधरी ०७१ साल वैशाख २० गते घटनास्थलबाट फरार भएका थिए । उनलाई उदयपुर जिल्ला अदालतले ०७४ साल फागुन २७ गते फैसला गरी ६ वर्ष कैद सजाय सुनाएका थिए । प्रहरीले अदालतको फैसला कार्यान्वयनमा सघाउ चौधरीलाई पक्राउ गरी अदालत बुझाएका हुन् ।  





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार ७:३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया