पोखरा महानगरपालिकाले महेन्द्र पुल, राष्ट्र बैंक चोक, मालपोत कार्यालय अगाडि लगायत विभिन्न ठाउँमा रहेको जग्गामा सटर बनाएर भाडामा लगाएको छ । तर लामो समयदेखि व्यवसायीले भने भाडा बापतको रकम तिरेका छैनन् । तर महानगरले व्यवसायीसँग भाडा लिन सकेको छैन ।
महालेखा परीक्षकले हरेक वर्ष उक्त भाडा असुल्न निर्देशन दिन्छ । तर महानगरले व्यवसायीबाट भाडा उठान सकेको छैन । यसैबीच भाडा नतिरेका व्यवसायीलाई सटर खाली गर्न महानगरले उर्दी जारी गरेको छ ।
एक सूचना जारी गर्दै महानगरले ३५ दिनभित्र सटर खाली गर्न निर्देशन दिएको हो । महानगरको स्वामित्वमा रहेका महेन्द्र पुल नजिकका सटरमा व्यवसाय सञ्चालन गर्दै आएकाहरूले विगतमा गरेका सम्झौताको म्याद थप नगरेको जनाएको छ ।
‘व्यवसायीहरू सम्पर्कमा आएका छैनन् । पटक पटक ताकेता गर्दा बहाल बक्यौता भुक्तानी नदिएकोले सटर खाली गर्न सूचना निकालिएको छ । ३५ दिनभित्र आफैँ सटर कवलबाट व्यवसाय हटाउनु होला । आफै नहटाएमा कानुन बमोजिम कार्यान्वयन हुने ब्यहोरा सूचित गरिन्छ’ सूचनामा भनिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।