युक्रेनले पूर्वमा रहेको केही भू–भाग रुसी आक्रमणपछि छाड्न परेको बताएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पूर्वी क्षेत्र डोनबासमा रुसी सेनाको आक्रमण थेग्न नसकेर केही भू–भाग छाड्न परेको बताए ।
युक्रेनले छाडेको क्षेत्रहरू रुसले कब्जामा लिएको छ । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का सैन्य गठबन्धन प्रमुखले कुनै हालतमा पनि रुसलाई युद्धमा विजय हुन दिन नहुने बताएका छन् ।
उता रुस युक्रेन युद्ध र सिरियामा हुन सक्ने टर्कीको सैन्य हस्तक्षेप जस्ता विषय छलफल गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रसिप तैएप एरडोवानबीच आज रुसी सहर सोचिमा भेट हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।