नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा
फाइल तस्बिर

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा पहिरो खस्दा गएराति २ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

 जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लेदोसहितको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो । एक हप्ताको अवधिमा यस क्षेत्रमा पटक(पटक पहिरो खसेर सडक अवरुद्ध भइरहेको छ । 

बर्खाको समयमा नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे ख्याल गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ । 





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १०:४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया