प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको छिनोफानो नगरेमा आक्रोश व्यक्त गरेका छन् ।
कांग्रेस, माओवादी केन्द्रसहितका सांसदले ६ महिनाअघि संसद सचिवालयमा दर्ता गरेको जबराविरुद्धको महाअभियोग प्रस्तावको अहिलेसम्म छिनोफानो नगरेमा ओलीले सत्तारुढ दलप्रति आक्रोश व्यक्त गरे ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा ओलीले महाअभियोग प्रस्ताव संसद बैठकमा टेबुल नगरेकोमा सभामुख अग्निप्रसाद सापकोटाप्रति कटाक्ष गरे ।
पास नहुने महाअभियोग प्रस्ताव ल्याएर जबरालाई डामेर छाड्न खोजेको भन्दै ओलीले भने, ‘महाअभियोग प्रस्तावको छिनोफानो गर्नुपर्दैन ? महाअभियोग पास नहुने भएपछि डामेर छाड्न मिल्छ ? ६ महिनादेखि अलपत्र छ । छलफल हुन्छ प्रस्ताव अघि बढ्दैन ।’
संसद बैठकमा महाभियोगको प्रस्तावलाई टेबुल नगरे भन्दै सभामुख सापकोटा सरकारको खेलौनाजस्तो भएको ओलीको टिप्पणी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।