'पेलोसीको ताइवान भ्रमणपछिको परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको छ'
फाइल तस्वीर

परराष्ट्र मन्त्रालयले अमेरिकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको बताएको छ ।

शुक्रबार आयोजित पत्रकारसम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पेलोसीको ताइवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नियालिरहेको प्रतिक्रिया दिएकी हुन् । उनले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा नेपाल सदैव ‘एक चीन नीति’को समर्थनमा रहेको पनि स्मरण गराइन् ।

‘नेपालले यस घटनालाई नजिकबाट नियालिरहेको छ । नेपालले सदैव एक चीन नीति समर्थन गर्दै आएको छ' उनले भनिन् ।

अमेरिकी सभामुख पेलोसीको भ्रमणलाई चीनले आफ्नो मुलुकको सार्वभौमसत्ता र स्वाधिनतामाथिको आक्रमण भनेको छ ।

प्रवक्ता लम्सालले एक शान्तिप्रिय राष्ट्रको रूपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको उल्लेख गरिन् ।

उनले भनिन्, एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको कुरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।’



परराष्ट्र मन्त्रालयले नेपाल–चीन दुवै मुलुकले सदैव एक अर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको सम्मान गर्दै आएको जनाएको छ ।



  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १५:३४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया