नेपाली महिला फुटबल टिम फिफा वरीयतामा एक स्थान खस्कियो
फाइल तस्वीर

नेपालको महिला राष्ट्रिय फुटबल टिम विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा खस्किएको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाली महिला टोली एक स्थान तल झरेर १०२ औं स्थानमा पुगेको हो । नेपालले ११९६.७३ अंक प्राप्त गरेको छ ।

नेपाल एसियाली राष्ट्रको वरीयताको २१ औं तथा दक्षिण एसियाली राष्ट्रको वरीयताको दोस्रो स्थानमा छ । दक्षिण एसियामा नेपालभन्दा अघि रहेको भारत ५८ औं स्थानमा छ ।

विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत रहँदा जर्मनी दोस्रो स्थानमा उक्लिएको छ । उनीहरुले क्रमशः २१११.४७ र २०५९.७५ अंक प्राप्त गरेका छन् ।

स्वीडेन, इंग्ल्याण्ड,  फ्रान्स  नेदरल्याण्ड्स, क्यानडा,  स्पेन, ब्राजिल नवौं र उत्तर कोरिया क्रमशः तेस्रो देखि १० औं स्थानमा छन् ।





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १५:३९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया